Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग संगठनद्वारा तीन श्रमिक सम्मान

उद्‌घोष संवाददाता
१९ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङले १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा तीन जना श्रमिकलाई श्रमिक सम्मान प्रदान गरेको छ ।

विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने श्रमिक दिवसको अवसरमा संगठनले श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगमा कार्यरत तीन श्रमिकलाई विभिन्न उद्योगमा दीर्घ सेवा पु¥याएवापत सम्मान गरेको हो ।

सम्मानित हुने श्रमिकहरूमा नेपाल लिकर्स प्रालिमा २५ वर्षदेखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल इण्डष्ट्रिज प्रालिमा २५ वर्षदेखि कार्यरत मोहम्मद इद्रिस मियाँ, जयश्री पोलिमर्स प्रालिमा २० वर्षदेखि कार्यरत सीतादेवी लामिछाने छन् ।

संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष विपीन कावरा, सुवोध कोइरालालगायत ट्रेड युनियनका प्रदेश तथा जिल्ला तहका नेताहरूले उनीहरूलाई संयुक्त रूपमा सम्मान–पत्रसहित नगद रकम प्रदान गरेका हुन् ।

अध्यक्ष राठीले संघर्ष, एकता, अधिकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्थापित ऐतिहासिक दिनका रुपमा सवै श्रमिकको सम्मान गर्दै दिवस मनाइएको बताए । 

संगठनले श्रमिकहरूको सम्मान, हकहितको संरक्षण तथा उद्योग र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा सेतुको भूमिका निर्वाह गर्दै आएको जानकारी दिए । 

संगठनका उपाध्यक्ष सुवोध कोइरालाले प्रविधिको विकास, श्रम बजारको परिवर्तन र आर्थिक चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न श्रमिक र व्यवस्थापनबीच अझ घनिष्ठ सहकार्य आवश्यक भएको औल्याए । 

नेपाल ट्रेड युनियन क्रांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै उद्योगको विकास गर्न सकिने वातावरण सिर्जना गर्न संवाद, पारदर्शिता र सहकार्य जरुरी रहेको बताएका थिए ।

View : 182

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved