सुनसरी । खाना संस्कृतिको विकास गर्दै, लोपोन्मुख खानाहरुको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा परम्परागत खाना महोत्सव सुरु भएको छ । जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरीको आयोजनामा फागुन ११ गतेसम्म महोत्सव चल्नेछ ।
परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।
इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा सुरु महोत्सवमा इटहरीको प्रथम नागरिक थारूसहित आसपासका क्षेत्रमा बसोबास गर्ने नेवारी, धिमाल, राई, लिम्बू, तामाङ, गुरुङ लगायतका जातजातिको खानालाई प्राथमिकता राखिएको कार्यक्रम संयोजक उमेश दाहालले जानकारी दिए ।
महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवमा खानाका परिकारसँगै गीत, संगीतको समेत भरपुर मनोरञ्जन लिने ब्यवस्थासमेत मिलाइएको जिल्ला होटल तथा पर्यटन व्यवशायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।
View : 351
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved