Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलन : सरकारी कार्यालय आगजनी गर्नेविरुद्ध प्रहरीको आक्रामक ‘एक्सन’

तीन दिनयता मात्रै प्रहरीले १५ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार विराटनगरबाट थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगरका अनिल साह रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ३६ जना पक्राउ परिसकेका छन् ।
उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ मा मोरङका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले उनीहरूको पहिचान गरी आक्रामक रुपमा एक्सन लिएको हो । 

तीन दिनयता मात्रै प्रहरीले १५ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार विराटनगरबाट थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगरका अनिल साह रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हालसम्म ३६ जना पक्राउ परिसकेका छन् । 

तीन दिनयता प्रहरीले पूर्व सामान्य प्रशासन प्रशासनमन्त्री अमनलाल मोदीका पूर्व स्वकीय सचिव ताजिम अन्सारीसहित १५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरू मध्ये केही व्यक्ति कांग्रेस र एमालेसम्वद्ध कार्यकर्तासमेत रहेको जनाइएको छ ।

आइतबार पक्राउ परेका ६ जना मध्ये महेश नेपाल विराटनगरस्थित आदर्श माविका शिक्षक रहेको प्रहरीले जनाएको छ ।

सोमबार मात्रै एमाले रंगेलीका कार्यकर्ता आनन्द साहसहित ८ जना पक्राउ परेका छन् । 

सोमबार पक्राउ परेका ८ जना इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका र अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेको जनाइएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका–३ का भूपाल भण्डारी, रंगेली–७ का आनन्द साह, रंगेली–९ का रमेशकुमार मण्डल, रंगेली–३ का रुपक गौतम छन् ।

त्यसैगरी, रंगेली–६ का रुपेश यादव, कटहरी गाउँपालिका–२ का समिर क्षेत्री, दोर्जे प्रतीक तामाङ र जहदा गाँउपालिका–१ का गणपत यादव रहेको जनाइएको छ ।

आइतबार प्रहरीले विराटनगर–३ बस्ने शिक्षक महेश नेपाल, विराटनगर–१० बस्ने माओवादी कार्यकर्ता ताजिम अन्सारीसहित विराटनगर–५ का आवाज पौडेल, विराटनगर–१० का राजिव यादव, विराटनगर–११ का अरुण साह र विराटनगर–६ का बलराम कामतलाई पक्राउ गरेको थियो ।

View : 197

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved