विराटनगर । विराट व्यापार संघले स्थापनाको २४औं वार्षिकोत्सव बुधबार विविध कार्यक्रम गरी मनाएको छ ।
सो अवसरमा मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई खाना खुवाउनुका साथै विराटनगर–१४ स्थित श्रीकृष्ण गौशालामा रहेका गाईलाई घाँस, चोकरलगायत वितरण गरिएको संघकी उपाध्यक्ष सरस्वती ओझाले जानकारी दिइन् ।
स्थापना दिवस मनाउने क्रममा मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई राखेर केक काटेर खुसियाली मनाइएको जनाइएको छ । त्यसैगरी गौशालामा रहेका गाईबाच्छाहरुलाई आवश्यक घाँस र चोकर खुवाएर संघले गर्ने सेवामुलक कार्यप्रति जोड दिइएको हो ।
उक्त अवसरमा संघका अध्यक्ष अंशु बञ्जारासहित पदाधिकारीहरु र सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved