Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

बेवारिसे १८० केजी गाँजा बरामद

उद्‌घोष सम्वाददाता
२ वैशाख २०८२, मङ्गलवार

विराटनगर । प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा बेवारिसे अवस्थामा छाडिएको १८० केजी गाँजा बरामद गरेको छ । 

सोमबार विहान करीव २ बजेतिर प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको जनाइएको छ ।

विशेष सूचना पाएर कोशी किनारमा प्रहरी पुगेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भागेको हुनसक्ने जनाइएको छ । 

दुईवटा ट्यूवमा लोड गरेर लैजाँदै गरेको गाँजा कोशी नदीको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर सुरक्षित गरी लुकाइएको १८० किलोग्राम गाँजा बरामद गरेको जनाएको हो ।

वेवारिसे अवस्थामा फेला पारेको उक्त प्रतिबन्धित लागुऔषध बरामद गरी ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

View : 116

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved