सुनसरी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कोशी प्रदेशस्तरीय छनौट बिहीबारदेखि हुने भएको छ ।
कोशी प्रादेशिक छनौट सुनसरीको इटहरी र झोक्राहा नरसिंहमा हुने आयोजक सुनसरी जिल्ला त्रिकेट संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
छनौट प्रतियोगिताको औपचारिक उद्घाटन भोक्राहाको डा. खालिल आजाद खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए ।
प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरका खेलाडीहरू प्रतिष्पर्धा गर्ने छन् ।
छनौट प्रतियोगिता ५०–५० ओभरको र उत्कृष्ट पिचमा खेलाइने बताइएको छ । जसको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक अफजल हुसेनले बताए ।
बिजेता तथा उपबिजेता सहित विधागत उत्कृष्टलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसअघि ती जिल्लाको छनौट खेल भइसकेको र उक्त छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सीपीले जानकारी दिए ।
उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरूले आगामी साता काठमाडौं र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट खेल्ने पाण्डेले बताए ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved