Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु

उद्‌घोष संवाददाता
१० पुष २०८२, बिहिवार

विराटनगर । विराटनगर निबासी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको दुर्घटनामा ज्यान गएको छ ।

बिहीबार बिहानको राती मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापा विराटनगर महानगरपालिका–५ निवासी हुन् । गएराती विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोक जाने क्रममा थापा सवार प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । घटनास्थलमा उनले लगाएको हेल्मेट उछिट्टिएको अवस्था फेला परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार राति करिब पौने १ बजेतिर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको जनाइएको छ ।

उनको शव कोशी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जनाइएको छ ।

राष्ट्रिय क्रिकेट खेलाडी थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा क्रिकेट खेल्दै आएका थिए । 

कोशी प्रदेश टिमको कुशल ब्याट्सम्यानका रुपमा चिनिएका उनले चार बर्षअघि प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध पाँच विकेटको रेकर्ड समेत बनाएका थिए ।

View : 249

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved