सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा–७ स्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नागेश पोखरेल चयन भएका छन् ।
संस्थाको चौथो एकीकृत बार्षिक साधारणसभाले पोखरेललाई सञ्चालन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरि कनकलक्ष्मी सहकारीको उपाध्यक्षमा मातृकाप्रसाद ढकाल, सचिव अर्जुनकुमार खत्री तिम्सिना, सहसचिव अञ्जना संग्रौला र कोषाध्यक्षमा हिरण्य कालाखेती चयन भएका छन् ।
सदस्यहरूमा पोष्टकुमार श्रेष्ठ, विष्णुकुमारी राई, बिना ढकाल, रविन्द्रकृष्ण श्रेष्ठ र बाबुकृष्ण दाहाल चयन भएका छन् । लेखा समिति संयोजकमा लुवराज आचार्य, सदस्यमा सावित्रा सिवाकोटी बरूवाल र वीरबहादुर पिठाकोटे मगर चयन भएका छन् ।
कनकलक्ष्मी वचत तथा ऋण सहकारीको चौथो एकीकृत बार्षिक साधारण सभाबाट गठित नया सञ्चालक समितिलाई सपथ ग्रहण गरी प्रमाणपत्र वितरण गरिएको संस्थाका व्यवस्थापक गोपाल देउजाले जानकारी दिए ।
सुन्दरहरैंचा नगरमा कार्यक्षेत्र भएका ९ वटा सहकारी गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था नामाकरण भई विगत बर्षदेखि एकीकृत कारोबार भएको हो । नगरकै ठूलो सहकारी मानिएको सो संस्थामा ३ वटा सेवा केन्द्रहरू छन् । ती सेवा केन्द्रमार्फत ७ हजार ३ सय शेयर सदस्य तथा बचतकर्ताको रकम संकलन हुने गरेको छ ।
View : 241
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved