विराटनगर । मोरङको जहदा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलगिरी डनबस्को माविले १३ वटा पदक हात पार्दै उत्कृष्ट बनेको छ ।
तीन दिनसम्म संचालन भएको रनिङ शिल्डमा कक्षा १२ सम्मका १० वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा दुर्गा मावि मझारेले ११ वटा पदकसहित दोस्रो बनेको छ । त्यसैगरी तेस्रो स्थान हाँसिल गरेको दुर्गा मावि भुटाहाले १० वटा पदक प्राप्त गरेको जनाइएको छ ।
प्रथम हुने निलगिरी डनबस्कोसहित सहभागी विद्यालयका विद्यार्थी खेलाडीहरुलाई कोशी प्रदेश सभाका प्रदेश सांसद अमृत अर्याल, जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, शिक्षा अधिकृत दीपक खनाल लगायतले शिल्ड र पदकहरु प्रदान गरे ।
गाउँपालिका अध्यक्ष जीतेन्द्रप्रसाद साहले विजेता बनेका विद्यालयका खेलाडी विद्यार्थीहरुलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा जितका लागि शुभकामना दिएका थिए । उनले आगामी वर्षदेखि शिक्षा र खेलकुदमा अझै पालिकाले बजेट बृद्धि गर्दै जाने आश्वासन दिए ।
View : 152
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved