विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सत्यनारायण मन्दिर विराटनगरले सोमबार बालगोपाल प्रतियोगिता आयोजना गरेको छ ।
आठ वर्षसम्मको उमेर समूहका बालबालिकाबिच भएको प्रतियोगितामा दक्षिता अग्रवाल प्रथम भइन् । रुद्रांश तोदी द्वितीय, ओविया थापा र चाहत अग्रवाल तेस्रो र हार्दिक अग्रवाल कागलीवाला चौथो घोषित भए ।
प्रतियोगितामा २१ जना बालबालिकाहरू सहभागी भएको बाल गोपाल प्रतियोगिताका संयोजक डिल्लीराम अधिकारीले जानकारी दिए ।
सहभागी बालबालिकाहरूले राधाकृष्णको भेषभुषा लगाएर अभिनय समेत गरेका थिए । पण्डित भवानी प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विजयी हुनेहरूलाई विभिन्न उपहार प्रदान गरिएको थियो ।
तस्वीरहरू : बिक्रम निरौला/उदघोष
View : 6035
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved