Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

संविधानको मर्मअनुरुप काम गर्नुपर्ने

उद्‌घोष संवाददाता
३ असोज २०८१, बिहिवार

Advertisement

विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफूहरूको भएको बताउँदै तदनुरुप प्रदेश सरकार क्रियाशील छ भनेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सहभागितामूलक र समतामूलक समाजको निर्माणको सङ्कल्प संविधानले गरेको स्मरण सन्देशमा गरेका छन् ।

सन्देशमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।  रासस

View : 298

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved