Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङ व्यापार संघको नाम फेरियो, बन्यो मोरङ उद्योग व्यापार संघ

उद्घोष सम्वाददाता
२२ चैत २०८०, बिहिवार

विराटनगर । मुलुककै अग्रणी औधोगिक व्यवसायिक संस्था मोरङ व्यापार संघको नाम फेरिएको छ । मोरङ व्यापार संघ बिहीबारदेखि औपचारिक रुपमा मोरङ उद्योग व्यापार संघ भएको छ ।

संघको ६७ औं बार्षिक साधारणसभाको अवसरमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नयाँ नामकरण गरिएको बोर्ड अनावरण गरेका हुन् । 

संघको नामले व्यापार क्षेत्रमात्रै समेटेको भन्दै उद्योग क्षेत्रलाई पनि उतिक्कै प्राथमिकता दिएर अघि बढ्नका लागि नाम फेरिएको अध्यक्ष नविन रिजालले बताए ।

वि.सं. २००८ मा संघको स्थापना हुँदा विराटनगरमा सीमित व्यापारीहरु मात्रै रहेका थिए । अहिले उद्योग, वाणिज्य र वस्तुगत गरी झण्डै ९ सय जति सदस्यहरू रहेका छन् ।

संघको साधारण सभापछि वर्तमान अध्यक्ष नविन रिजाल नेतृत्वको कार्यसमितिको दुई बर्षे कार्यकाल पनि सकिने छ ।

View : 195

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved