विराटनगर । मोरङ कारागारमा ज्यान मुद्दामा कैद भुक्तान गरी निस्किएका अभिषेक गिरीले कैदीबन्दीबाट अनाधिकृत रुपमा रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।
कारागारभित्र रहेका कैदीबन्दीको सिदा रकम र उनीहरूले निर्माण गरेका विभिन्न सामग्रीको बिक्रीबाट आउने रकम गिरीले अनधिकृत रूपमा रकम असुली गरेको आरोपमा प्रहरीले उनलाई शनिबार बिहान घरैबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय गिरीलाई त्यस्तो गतिविधिमा संलग्न रहेको विशेष सूचनाका आधारमा पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए । उनले घरैबाट गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए ।
कैदमा रहेका बेला नै उनले कारागारभित्र आफ्नो प्रभाव विस्तार गर्दै कैदी बन्दीहरूमाथि कुटपिट समेत गराएका थिए । उनलाई अन्यत्र सार्ने बेलामा समेत राजनीतिक आडमा मोरङ कारागारमै बसेका थिए ।
गिरीले पछिल्लो पटक विभिन्न काम मिलाइदिने भन्दै कैदीबन्दीबाट रकम असुली गर्ने गरेको सूचना प्रहरीसम्म पुगेको पछि पक्राउ गरिएको जनाइएको छ ।
विगतदेखि नै अपराधिक कार्यमा जोडिने गरेका गिरीविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved