Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख (पूर्णपाठ)

उद्‌घोष संवाददाता
१ असार २०८२, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८२-८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्ब ६८ करोड ३३ लाख अर्थात ५२ प्रतिशत, पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आवको विनियोजनाको तुलनामा १ दशमल ७ प्रतिशतले बढी तथा संसोधित अनुमानको १२ प्रतिशतले बढी रहेको बताए । 

त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहमा ४ अर्ब ७० करोड ७२ लाख रहेको छ ।

अर्थमन्त्री मगरले अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ४९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख, रोयल्टीबाट ३५ करोड ६ लाख रहेको बताए ।

View : 616

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved