सुनसरी । मुद्दा प्रक्रियामा प्रहरीको हिरासतमा रहेका एक पूर्वप्रहरीको मंगलबार मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा १८ दिनदेखि रहेका गोपाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी–४ निवासी ६८ वर्षीय कार्की बालयौन दुव्र्यवहार मुद्दामा अनुसन्धानका क्रममा भदौ ५ गतेदेखि हिरासतमा थिए । कार्कीको मृत्युको कारण खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले बिहान हिरासतमा दाह्रा किटेको अवस्थामा बेहोस देखिएका कार्कीलाई स्थानीय मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो ।
त्यहाँका चिकित्सकले रेफर गरेपछि उनलाई धरान पुर्याइएको थियो ।
बीपी कोइलाला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
नेपाल प्रहरीमा हवल्दार भएर काम गरिसकेका कार्कीलाई बालयौन दुब्र्यवहारको आरोप लागेपछि प्रहरीले इटहरीबाटै नियन्त्रणमा लिएको थियो ।
हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved