विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)मा व्यवस्थापनको पढाइ सुरु गरिएको २९ औं वार्षिकोत्सवको अवसरमा व्यवस्थापन क्याम्पस (पुसोम) विराटनगरको परिसरमा वृक्षरोपण गरिएको छ ।
पूवि व्यवस्थापन संकायको एक मात्र आङ्गिक क्याम्पस पुसोममा हरित अभियन्ता पारुल क्षेत्री र राजन दाहालको उपस्थितिमा वृक्षरोपण कार्यक्रम गरिएको क्याम्पस प्रमुख डा रमाकान्त दासले बताए ।
वृक्षरोपण कार्यक्रममा प्राध्यापकहरू प्रा मोहन बस्नेत, शैलेन्द्र सिवाकोटी डा निरज मिश्र, व्यवस्थापन संकायकी सहडिन सोनिला शाक्य, ईश्वर भण्डारी, एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्राडा जीवकुमार ढकाल, दीपिका दुगड, प्रदीप केसीलगायत पुसोमका कर्मचारी एवं विद्यार्थीहरूको समेत उपस्थिति थियो ।
नेपालमा नै सबैभन्दा पहिले बीबीएको पढाइ पूवि व्यवस्थापन क्याम्पसमा २०५४ मा सुरु गरिएको थियो । अहिले सोबाट विस्तार भई एमबीएको पढाइका साथै एमफिल र विद्यावारिरिधिको अनुसन्धानात्मक कार्य तथा प्रस्तुतीसमेत हुने गरेको छ ।
सो कार्यक्रममा एमफिल दोस्रो सेमेस्टरका विद्यार्थी डीएसपी ध्रुवकुमार श्रेष्ठ, एम्स कलेजका प्रमुख सशांक पोखरेल, महेन्द्र रत्न क्याम्पस इलामका उपप्राध्यापक सुशील कठेत, इडनवर्ग कलेजका प्रमुख दीपेन्द्रकुमार शाह लगायतको उपस्थितिले कार्यक्रम ओजपूर्ण बनेको थियो ।
सो अवसरमा बोल्दै पुसोमका क्याम्पस प्रमुख डा रमाकान्त दासले वातावरण संरक्षण सबैको दायित्व भएको भन्दै वार्षिकोत्सवको अवसरमा वृक्ष रोप्नुले एकातिर हरियाली हुने र अर्कातिर संस्थाको पनि उज्ज्वल भविष्यको कामना गरिएको बताए ।
View : 276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved