Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

दशैंले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रेरणा मिलोस् : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
१६ असोज २०८२, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हालको राजनीतिक चुनौती, संवैधानिक मार्गदर्शन र सामाजिक विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । विहीबार विजयादशमी २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । 

उनले कोशी प्रदेश सरकार मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको चर्चा गर्दै यस्ता पर्वले हामीबीचको भाइचारा र एकता बढाउने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले वडादशैंको मुख्य दिन विजया दशमीको अवसरमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधताले आत्मसात गर्दै आएको पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् ।

विजयादशमीले दुष्टतामाथि सद्भाव र सत्यको विजयको सन्देश दिने उनले बताए । यस पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न समेत सबै नेपालीलाई नयाँ उमंग र उर्जा प्रदान गर्ने अपेक्षा गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

View : 327

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved