Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

पाँचदिने धरान उत्सव सुरु

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

धरान । धरान स्थापनाको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । प्रत्येक वर्ष पुस २० गते मनाउने गरिएको धरान उत्सव यसपटक पाँच दिनसम्म मनाउने यसअघि नै घोषणा गरिएको थियो । 

‘घुम्न जाऔँ धरान’ नारासहित शनिबार सुरु भएको धरान उत्सवको ८८ वर्षीय ज्येष्ठ नागरिक काजिमान गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् । उत्सवको पहिलो दिन स्थानीय सांस्कृतिक र पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक झाँकी निकालिएको छ । 

झाँकी नगर परिक्रमा गर्दै धरान रंगशालासम्म पुगेको थियो । धरानका नगर प्रमुख हर्क साम्पाङको नेतृत्वमा आयोजित धरान उत्सवमा धरानमा योगदान पुर्याएका बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । 

उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । उत्सवअन्तर्गत आइतबार साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, सोमबार इस्टर्न सिंगिङ सुपर स्टार सिजन–१ र लोकदोहोरी कार्यक्रम राखिएको छ । 

मंगलबार वाकाथून, डोरीतान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए । कार्यक्रमको अन्तिम दिन बुधबार समापन उत्सव गरिनेछ । 

उत्सवको लागि नगर प्रमुख संयोजक र उप–प्रमुख अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको गजमेरले जानकारी दिए ।

View : 28

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved