विराटनगर, ३ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो ।
हङकङ क्रिकेट क्लवको मैदानमा सम्पन्न प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रनको योगदान गरिन् ।
बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।
११६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो ।
जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।
बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक-एक विकेट लिए ।
नेपालले समुह चरणको पहिलो दुई खेलमा तान्जनिया र हङकङसँग पराजित हुनुपरेको थियो । तर समुह चरणकै अन्तिम खेलमा जापानलाई हराएर पुन: आज तेस्रो स्थानका लागि भएको खेल पनि जितेको छ ।
महिला टि–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।
सिरिजको उपाधिका लागि अहिले तान्जानिया र हङकङबीच खेल जारी छ ।
View : 155
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved