विराटनगर । विराटनगर जुनियर जेसिजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन परिणाम अनुसार ओम जोगी जुनियर जेसिजको अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रूकुल अमात्य छन् । यस्तै, कार्यकारी उपाध्यक्षमा संयुक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला चयन भएका छन् ।
सार्वजनिक सम्वन्ध अधिकृतमा प्रतिज्ञा अधिकारी, महासचिव रक्षिता तिम्सिना र कोषाध्यक्ष श्रीजेश कट्टेल, कानुनी सल्लाहकार आरभी तिम्सिना तथा तालिम निर्देशकमा मदन नेपाल चयन भएका छन् । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूको शनिबार नै पदस्थापन गरिएको छ ।
विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठ सहभागी सो कार्यक्रममा गणेश–जमुना पुरस्कार (वर्ष उत्कृष्ट पर्यवेक्षक) याल्जिना थापालाई प्रदान गरिएको थियो ।
उत्कृष्ट बोर्ड सदस्यको उपाधि ओम जोगीले प्राप्त गरे भने उत्कृष्ट कार्यक्रम संयोजकको रूपमा रूकुल अमात्य सम्मानित भए । यस्तै वर्षकै उत्कृष्ट सदस्यको उपाधि निशान्त भट्टराई उपाध्याय र उत्कृष्ट वक्ताका रूपमा सुहानी श्रेष्ठ सम्मानित भइन् ।
View : 200
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved