विराटनगर । धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उत्साहजनक नाफा कमाएको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा २ करोड ६६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १ करोड ११ लाख रुपैयाँले बढी हो । गत वर्ष यसै अवधिमा संस्थाले १ करोड ५४ लाख ६३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
गुराँसले खुद ब्याज आम्दानी ८ करोड ७५ लाख ५९ हजार रुपैया गरेको छ जुन गत वर्ष ५ करोड ६४ लाख थियो ।
यस अवधिमा निक्षेप संकलन ५४ करोड ४५ लाख रुपैयाँ र कर्जा प्रवाह २ अर्ब १० करोड ६४ लाख रुपैयाँ गरेको जनाएको छ । संस्थाको हालको चुक्ता पुँजी १३ करोड २३ लाख ५८ हजार रुपैयाँ छ ।
नाफा र व्यापार विस्तारमा सुधार देखिए पनि संस्थाको निष्क्रिय कर्जामा भने केही वृद्धि भएको छ । गत वर्ष २.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले बढेर ३.१३ प्रतिशत पुगेको छ ।
निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि गरेको यस संस्थाले आफ्नो व्यवसायलाई थप आक्रामक बनाउँदै लगेको देखिएको छ ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved