विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा एम्बुलेन्स चालकहरूलाई उद्धार सहजीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरको संयोजनमा दुर्घटना न्यूनिकरण तथा दुर्घटना लगत्तै आवश्यक पर्ने उद्धार सहज बनाउने सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।
दुई दर्जन एम्बुलेन्स चालकहरूलाई ट्राफिक नियम तथा सडक सचेतनासहितको प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
View : 350
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved