विराटनगर । मंगलबार साँझ विराटनगरको बरगाछी चोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट महिलाको ज्यान गएको छ ।
ट्राफिक प्रहरीका अनुसार सर्लाहीको हरिपुर नगरपालिका–१ घर भएकी ४५ वर्षीया रोहिता कोइराला अधिकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
मृतककै श्रीमान् विमल कोइरालाले चलाएको मोटरसाइकलको पछाडि रहेकी रोहितालाई डब्ल्यूबी ५९ सी ०२४८ नम्बरको मालवाहक ट्रकले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक विमल भने सकुशल छन् । मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 535
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved