इटहरी । सुनसरी उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले पदाधिकारीहरूको चयन गरेको छ । संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा बसेको वैठकले संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरूप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाल चयन गरेको हो ।
त्यसैगरी उद्योग सचिवमा नारायण लिम्बू, वाणिज्य सचिव नवीन राजभण्डारी, प्रचार तथा संगठन सचिव विष्णु बराल, सचिव (महिला) वर्षा अग्रवाल र सहकोषाध्यक्ष राजु साह चयन भएका छन् ।
महासचिव र कोषाध्यक्षमा प्रभाव खतिवडा र शैलेसकुमार आचार्य (प्रमोद) प्रथम बैठकबाटै चयन भैसकेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघको गत असार ३० गते सम्पन्न निर्वाचनपछि अध्यक्ष गोपाल श्रेष्ठले विधान संशोधनका लागि समिति गठन गरी गत २०८२ मंसिर १ गते सम्पन्न विशेष साधारणसभाबाट विधान संशोधन भएको थियो ।
संशोधित विधान अनुसार कार्यसमितिको सदस्य पनि मनोनित गरिएको थियो । उद्योग सदस्य (महिला) मा सबिता चाम्लिङ राई, वाणिज्य संदस्य (महिला) ज्ञानशोभा शाक्य, ठूला उद्योग सदस्य सञ्जय अटल र वस्तुगत सदस्यतर्फ प्रदीप गहतराज मनोनित भएका थिए ।
त्यसैगरी कार्यसमिति सदस्यमा काजी गिरी, सन्दीप शाक्य, रमा चौहान, मनिष खड्गी र सन्तोष विक मनोनित भएका थिए भने विज्ञ सदस्यमा शुभेच्छा अधिकारी र प्रकाश जैन डागा मनोनित भएका थिए ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved