Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रसनि घिमिरे सम्मानित

उद्‌घोष संवाददाता
२१ असार २०८२, शनिवार

विराटनगर .।  जनताको सुरक्षा र जीवन रक्षा गर्न सर्प समातेर जोखिम मोलेका विराटनगर महानगरका नगर प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद घिमिरे सम्मानित भएका छन् । 

‘स्वच्छ, व्यवस्थित संसारीमाईस्थान मन्दिर’ अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै मन्दिर परिसरमा सरसफाइ, चौतारा मर्मत तथा नया“ फलैचा निर्माण गरेको भन्दै उनी सम्मानित भएका हुन् ।  

विराटनगर जेसीजको मानवता सेवा सप्ताह कार्यक्रमको समापनको अवसरमा अध्यक्ष प्रीतेशराज दाहालको शनिबार घिमिरेलाई सम्मान गरेका हुन् । सो समापन समारोहमा विराटनगर–१० का अध्यक्ष अर्जुन गिरी, कार्यक्रम संयोजक सनराइज चौधरीले विचार व्यक्त गरेका थिए । 
यसैगरी विराटगर जेसीजले शुक्रबार सहारा एनिमल केयरलाई कुकुरको हेरचाहको लागि चाहिने आवश्यक सामग्रीहरु सहयोग गरेको छ । जनावर सेवकहरूको योगदानको कदर गर्दै सो सहयोग उपलब्ध गराएको जनाइएको छ  । 
 

View : 384

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved