Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

इलाम–२ उपनिर्वाचन

बजार क्षेत्रमा मत बढाउँदै मिलन

उद्घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

विराटनगर । इलाम २ को जारी मतगणना बजार क्षेत्रमा प्रवेश गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुलाई मत संख्या बढेको छ । उनले देउमाई नगरपालिकाका वडाहरूमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमभन्दा बढि प्राप्त गरिरहेका छन् ।

अहिले देउमाई नगरपालिकाकै वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिएको छ । मिलनले वडा नम्बर १, ३ र ४ मा डकेन्द्रभन्दा बढि मत पाएका हुन् । देउमाई १ मा मिलनले २३२ मत पाएका छन् । डकेन्द्रले त्यहाँ १८७ मत मात्रै पाएका छन् । 

देउमाई ३ मा मिलनले २५९ पाएका छन् । 

देउमाईको पालिका मुकाम रहेको वडा नं. ४ स्थित मङ्गलबारे बजारमा मिलनले डकेन्द्रभन्दा उल्लेख्य बढि मत पाएका छन् । ४ मा उनले ३२९ पाउँदा डकेन्द्रले ३ मा ११९ र ४ मा १३६ मत मात्रै प्राप्त गरेका हुन् । देउमाई २ मा भने डकेन्द्रले २८५ र मिलनले ११२ मत ल्याएका छन् ।

इलाम–२ मा अहिलेसम्म रास्वपाका मिलनले २ हजार ६४५ मत प्राप्त गरेका छन् । मिलनले फाकफोकथुम ६ मा पनि डकेन्द्रभन्दा बढि मत पाएका छन् । उनले त्यहाँ १२७ पाउँदा डकेन्द्रलाई भने ८१ मत मात्रै खसेको हो ।

मुढा चुनाव चिन्हका डकेन्द्र र रास्वपाका मिलनबीच तेस्रो स्थानका प्रतिष्पर्धा हुने आँकलन गरिएको थियो । तर मिलनले उल्लेख्य मत प्राप्त गर्न नसक्दा डकेन्द्रले चौबर मतले अघि छन् ।

मिलनले उनको घर भएको माङ्सेबुङ–२ मा समेत एक सय भोट कटाउन सकेनन् । उनले आफ्नो वडामा ९६ मत मात्रै प्राप्त गरेका हुन् ।

माङ्सेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालय मतदान केन्द्र (ख) मा उनले मतदान गरेका थिए ।

मिलनले देउमाईसहित इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा मत बढाउने दाबी गरेका छन् । उनले अन्य पालिकाहरुमा भने अपेक्षित मत प्राप्त नभएको स्वीकार गरेका छन् ।

View : 255

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved