विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवन घिमिरेले सवै वडाहरूमा घरदैलो अभियान सम्पन्न गरेको बताएका छन् ।
बुधबारसम्म क्षेत्र नम्बर ४ का २३ वटै वडाहरूमा घरदैलो कार्यक्रम सम्पन्न भएको उनले बताए ।
अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा पुगिएको दाबी गरे ।
घरदैलोका दौरान मतदातासँग प्रत्यक्ष भेटघाट गरेको र उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरिएको उम्मेदवार घिमिरेले बताए ।
चुनावी अभियानका क्रममा २३ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गर्नुका साथै क्षेत्रीय परिचालन समितिमार्फत प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्षेत्रमार्फत कार्यकर्तालाई टोल–टोलमा परिचालन गरिएको जनाइएको छ ।
आफ्नो चुनावी अभियानमा तीन हजार कार्यकर्ता खटिएको घिमिरेले दाबी गरे ।
वडा स्तरमा आयोजित सभाहरू तथा घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको र मतदाताबाट न्यानो स्वागत तथा समर्थन प्राप्त भएको उम्मेदवार घिमिरेले बताए ।
पहिलो चरणको अभियान सम्पन्न भएसँगै अब दोस्रो चरण अन्तरगत टोलस्तरीय भेला, अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम संचालन गरिने घिमिरेले जानकारी दिए ।
अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने वडा कमिटी, परिचालन समितिका सदस्य तथा मोरङ–४ का मतदाताप्रति उम्मेदवार घिमिरेले धन्यवाद समेत ज्ञापन गरे ।
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved