विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ ।
आफ्नो ५८ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको थियो ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले ५८ वर्षे यात्रालाई संघर्ष, समर्पण र निरन्तर प्रयासले भरिएको यात्रा भएको वताउँदै बदलिंदो समय र चुनौतीपूर्ण परिस्थितिमा पनि संगठनले संस्थागत पहिचान र विश्वासलाई सुदृढ बनाउँदै अघि बढिरहेको उल्लेख गरे ।
उनले निजी क्षेत्रका संघ÷संस्थाले भावी पुस्तामा उद्यमशील सोच विकास गर्नु पनि दायित्व भएको उल्लेख गर्दै सोही दर्शनअनुसार संगठनले आफ्नो गतिविधि अघि बढाइरहेको स्पष्ट पारे ।
उनले स्वदेशमै अवसरहरू उपलब्ध भएको तथ्यलाई व्यवहारमा देखाउँदै, यही काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
कार्यक्रममा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष एवं सल्लाहकार समितिका संयोजक किशोर प्रधानले संगठनको विगत यात्रालाई स्मरण गर्दै पूर्व नेतृत्वले दिनरात नभनी पु¥याएको योगदानकै कारण संगठन वर्तमान समयमा निजी क्षेत्रको एक सशक्त र विश्वसनीय संस्थाको रूपमा स्थापित हुन सफल भएको बताए ।
५८औं स्थापना दिवसको अवसरमा संगठनका पूर्वअध्यक्ष नन्दकिशोर राठीले सीआईएम एक्स्पिरियन्स जोन उद्घाटन गरे ।
उक्त जोनमा यस क्षेत्रका औद्योगिक प्रतिष्ठानहरूको उत्पादन शोकेस, भर्चुअल रियालिटीमार्फत उद्योग अवलोकन तथा क्रेता÷विक्रेताबीच प्रत्यक्ष भेटघाट गर्न सकिने सुविधासहितको आधुनिक प्रदर्शनी कक्ष स्थापना गरेको संगठनले जनाएको छ ।
त्यसैगरी संगठनले व्यवसाय–व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बीटू बी प्लेटफर्म विराटबजार डटकमको संगठनका पूर्वअध्यक्ष दिनेश गोल्छाले औपचारिक शुभारम्भ गरे ।
उक्त प्लेटफर्ममार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग संगठन मोरङले स्थानीय आर्थिक तथा औद्योगिक इकोसिस्टम विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा संगठनले थालेका नवीन अभ्यासहरू अन्य संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले कुनै पनि संस्थाले आफ्नो स्थापनाको ५८ औं दिवस मनाउनु आफैंमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै विराटनगरको औद्योगिक विकासमा उद्योग संगठन मोरङले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले उद्योग÷व्यवसाय क्षेत्रको विकास, प्रवद्र्धनका साथै सार्वजनिक निजी साझेदारीमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महानगरपालिका संगठनसँग सदैव सहकार्यका लागि तयार रहेकोसमेत स्पष्ट पारे ।
स्थापना दिवसको अवसरमा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्न संगठनले सञ्चालन गर्दै आएको बिजनेस एट स्कुल, जबब्रिज पोर्टल, सीप विकास इकाई, इन्डष्ट्रिज एकेडेमिया लिंकेज कार्यक्रम, बिजनेश क्लिनिक, स्टार्टअप कार्यक्रमका साथै उद्यमशील सोच विकास, दक्ष जनशक्ति उत्पादन र रोजगार प्रवद्र्धनका क्ष्ँेत्रमा संगठनले गर्दै आएको क्रियाकलापका डेस्कहरु राखिएको थियो ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved