विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिले हिन्दू धर्म र संस्कृति माथि नै धावा बोलेको भन्दै राप्रपाले विरोध जनाएको छ ।
विरोधमा राप्रपा मोरङका नेताहरुसहितको टोलीले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह मार्फत सरकारलार्ई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा मन्त्री किरातीको राजीनामा माग गर्नुको साथै उनले माफी माग्नुपर्ने माग राप्रपाले राखेको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका केन्द्रीय महामन्त्री प्रल्हादप्रसाद साह, कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, मोरङ जिल्ला अध्यक्ष गोपाल कटवाल र जिल्ला फ्रवक्ता संजयवित्रम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
View : 191
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved