विराटनगर । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा जारी एमबीएस एक्स्पो २०२३ मा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेरोजगार जनशत्तिलाई आफ्नो सीप र दक्षता अनुसार रोगजारीका लागि नाम दर्ता गर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयले एक्स्पोमा दुईवटा स्टल राखेर बेरोजगार व्यक्तिहरुले आफ्नो नाम दर्ता गर्ने र तालिमका लागि छनोट हुने सुविधासमेत प्रदान गरेको हो ।
पुस ६ गतेबाट सुरु भएको एक्स्पोमा कक्षा १० देखि स्नातकोत्तरसम्म पढाई गरेका बेरोजगार जनशक्तिले आफ्नो नाम दर्ता गराउन सक्ने जनाइएको छ ।
नाम दर्ता र तालिममा छनोटका लागि एक्स्पोको स्टलमा रहेको रोजगार सूचना केन्द्रमा सम्पर्क गर्नुपर्ने व्यवस्था मिलाइएको हो ।
सामाजिक विकास मन्क्रालयका रोजगार संयोजक ललितकुमार यादवका अनुसार दैनिक तीन सयको हाराहारीमा बेरोजगार व्यत्तिहरुले नाम दर्ता गरिरहेका छन् ।
मन्त्रालयले २०७६ देखि हालसम्म कोशी प्रदेशमा ९ हजार ६९० जना बेरोजगार व्यक्तिहरुको नाम दर्ता गरिसकेको र करिव १ हजार ९०० ले विभिन्न उद्योग, संस्थान, पसल, सहकारी, सेक्युरिटी गार्ड र बैंकहरुमा जागिर पनि प्राप्त गरेको यादवले बताए ।
नाम दर्ता गर्नेमा पुरूषको तुलनामा महिलाहरुको संख्या बढी रहेको जनाइएको छ । एक्स्पोमा रहेको मन्त्रालयको सूचना केन्द्रको कोशी प्रदेशका मुख्यमन्क्री केदार कार्कीले समेत अवलोकन गरेका थिए ।
बेरोजगार जनशत्तिलाई सीपमुलक तालिम दिएर विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै केही गर्ने वातावरण तयार गर्न मन्त्रालयले सूचना केन्द्र सञ्चालन गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीले बताए ।
View : 180
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved