Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

प्राडा शर्माको दुई पुस्तकको लोकार्पण

उद्‌घोष संवाददाता
२५ साउन २०८२, आइतवार

Advertisement

विराटनगर ।  प्राडा मेदिनीप्रसाद शर्माद्वारा लिखित दुई पुस्तकको शनिबार विराटनगरमा लोकार्पण गरिएको छ ।  शर्माको २५औं कृति ‘आत्माको रहस्य’ र २६औं कृति ‘मृत्यु पछिको यात्रा’ को लोकार्पण गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलिया, पूवि इञ्जिनियरिङ संकायका डिन प्रा भोलानाथ घिमिरे, पूवि व्यवस्थापन क्याम्पसका पूर्व प्रमुख दिनेशराज सुवेदी, पत्रकार यज्ञ शर्मा, साहित्यकार बलराम पोखरेल, गजलकार मधु पोखरेल, भाषाविद प्राडा चक्रपाणी खनाल र लेखक शर्माले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

जीवन, आत्मा र मृत्युपछिका गुढ पक्षहरूमा आधारित तुई कृतिहरूको विमोचनमा विभिन्न क्षेत्रका विद्वान् तथा स्रष्टाहरूको सम्मानजनक उपस्थिति रहेको अधिवक्ता पशुपति नेपालले बताए । 

७८ वर्षीय शर्माले दुई पुस्तक एकै पटक प्रकाशन गरी पाठक समक्ष ल्याउनुले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने पाठ सिकाएको कार्यक्रमका एक सहभागीले बताए । 

 

View : 636

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved