Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

कान्तिपुर माविको ११औं बार्षिकोत्सव तीन दिन

उद्‌घोष संवाददाता
१५ फागुन २०८२, शुक्रवार

विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर सेकेण्डरी स्कुलले ११औं बार्षिकोत्वस तथा अभिभावक दिवस तीन दिन मनाउने भएको छ । बार्षिकोत्सवको पहिलो दिन बिहीबार प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरू र उनीहरूका अभिभावकबीच भव्य कार्यक्रम आयोजना गरिएको हो ।

कान्तिपुर फाउण्डेसनका अध्यक्षता खुसीराज श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पठनपाठन र परीक्षाफलका कारण कान्तिपुर स्कुलको भविष्य निर्धारण भइसकेको बताए । 

उनले विराटनगरलाई शैक्षिक हब बनाउन कान्तिपुर स्कुल र कलेजले महत्वपूर्ण योगदान गरेको विश्वास व्यक्त गरे । 

‘यही गतिमा अघि बढ्नुहोस्, मेरो शुभकामना छ’ मेयर कोइरालाले भने, ‘अब सीपयुक्त शिक्षा आवश्यक छ, यसो भयो भने मात्रै शिक्षाको उदेश्य पुरा हुनेछ ।’

विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरीले कान्तिपुर जस्तो देश र प्रदेशमै गनिने उत्कृष्ट शैक्षिक संस्थाहरू यसै वडामा रहेको र बर्षेनी राम्रो नजिता हाँसिल गर्दै आएको बताए । उनले कान्तिपुर मावि अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको बताए ।

कान्तिपुरका प्राचार्य भुवन नेपालले अभिभावकहरूको अकल्पनीय विश्वासका कारण अहिलेको अवस्थामा संस्था उभिएको बताए ।

उनले सीप र संस्कार सहितको शिक्षामा जोड दिइरहेको बताए ।

नेपालले प्रत्येक बर्ष रिजल्टमा उत्कृष्टता कायम भइरहेको र यो सफलता सबैको विश्वासबाट प्राप्त भएको बताए । 

उनले विद्यालयलाई संस्थागत रुपमा अघि बढाउन ११ कठ्ठा जग्गा खरिदको प्रक्रिया अघि बढेको र आगामी २०८५ सालमा आफ्नै सुविधा सम्पन्न भवनमा बार्षिकोत्सव मनाउने घोषणा गरे ।

विद्यालयका अनुसार बार्षिकोत्सवको दोस्रो दिन शुक्रबार कक्षा ४ देखि १० सम्मका विद्यार्थी र अभिभावकको सहभागीता रहनेछ । त्यस्तै तेस्रो दिन शनिबार कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी हुने जनाइएको छ ।

बार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले अभिभावकहरूका सामू गीत तथा नृत्य, कविता प्रस्तुती लगायतका प्रतिभा देखाएका थिए ।

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved