काठमाडौँ । भोटेकोशीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकलाई राहत पुर्याउनुका साथै सरकारको उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीको भनाइ छ ।
वर्ल्डलिंकका जनसम्पर्क व्यवस्थापक विजय सिवाकोटीले विपद्को कठिन समयमा गरिएको सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नराखी मानवीय जिम्मेवारीका रूपमा लिइएको बताए ।
उनले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कम्पनीले विभिन्न माध्यमबाट निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको नेतृत्वमा वर्ल्डलिंकले विभिन्न संकट तथा विपद्का समयमा सामाजिक र मानवीय कार्यमा योगदान गर्दै आएको जनाएको छ ।
कम्पनीले उद्धारमा साथ, राहतमा हात र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धतासहित आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।
View : 89
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved