Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

उद्घोष सम्वाददाता
३० भदौ २०८१, आइतवार

विराटनगर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशका केही भागमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ।

आइतबारी राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

View : 352

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved