Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

एमबीएस एक्स्पोः आइतबार इण्डिया बेष्ट डान्सर सिजन-३ का विजेता समर्पण लामा आउने

उद्घोष सम्वाददाता
१४ पुष २०८०, शनिवार

विराटनगर, १४ पुस । मोरङ व्यापार संघ एक्स्पो २०२३ अन्तर्गत जारी एमबीएस सोलो डान्स कम्पिटिसनको फाइनल आइतबार तय भएको छ ।

शनिबारको सेमिफाइनलबाट फाइनलका लागि पाँच प्रतिष्पर्धी छानिदैछन् । 

प्रतियोगिताको फाइनलको निर्णायक बन्न भारतीय टीभी च्यानल सोनीमा प्रसारण हुने इण्डियाज् बेष्ट डान्सर-२०२३ का विजेता समर्पण लामा आउने भएका छन् ।

एक्स्पो आयोजक मोरङ व्यापार संघका अनुसार नेपाली मूलका लामा फाइनल प्रतिष्पर्धाको अवलोकन गर्दै निर्णायक बन्नेछन् । त्यसका साथै उनको प्रस्तुति समेत रहने संघले जनाएको छ ।

आइतबार लामासहित वाङदेन शेर्पा, डीजे तामाङ, समर्पण लामा र आशिष अविरलको प्रस्तुतिका लागि दर्शक प्रतीक्षारत छन् ।

संघका अध्यक्ष नवीन रिजालले आर्थिक क्षेत्र चलायमानका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । 

अध्यक्ष रिजालका अनुसार एक्स्पोमा उपभोक्ताको अत्यधिक भीडले विराटनगरमा प्रदर्शनीस्थल आवश्यक रहेको भन्ने प्रमाणित गरेको बताए ।

एक्स्पोका संयोजक अनिल साहले एक्स्पोमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व रहेको बताए । उनले एक्स्पोमा मनोरञ्जनलाई पनि उत्तिकै ध्यान दिइएको बताए । एक्स्पोमा ब्रेक डान्स, रेल, झुला, रोटेपिङ चढ्न बालबालिका, युवायुवती उत्साहित बन्ने गरेको बताए ।

सहसंयोजक सञ्जय श्रेष्ठले एक्स्पोमा अवलोकनकर्ताले पीरो अमिलो चटपटीदेखि सोल्टी होटलको पाँच तारे खानेकुराको स्वाद लिन पाउने बताए । अर्का सहसंयोजक अमित सारडाले एक्स्पोमा सन्तोषजनक कारोबार भएको र सोचेभन्दा बढी सफल भएको बताए ।
 

View : 71

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved