विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ ।
महासंघले संघका अध्यक्ष सन्तोष धितालसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई मंगलबार खादा मालासहित स्वागत सम्मान गरेको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले पेट्रोलियम व्यवसायमा अहिले धेरै समस्या र चुनौतीहरू रहेको उल्लेख गर्दै तिनको समाधानका लागि महासंघ सदैव तयार रहेको बताए ।
उनले देशको वर्तमान परिस्थितिअनुसार पेट्रोलियम पदार्थको खपत घट्दै गएको र विद्युतीय गाडी (ईभी)हरू बढ्दै गएका छन् ।
अब पेट्रोल पम्पहरूलाई सुधार गर्दै आधुनिक बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए । साथै, महासंघले कोशी प्रदेश व्यवसायीहरूको हकहित संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताए ।
उक्त अवसरमा महासंघ कोशी प्रदेश कार्यसमितिका उपाध्यक्षहरू राजन श्रेष्ठ र रविन दाहाल, कोषाध्यक्ष श्रवणकुमार अग्रवाल, कार्यसमिति सदस्यहरु सुवाश आचार्य र भविषकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
View : 152
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved