विराटनगर । सुनसरी र उदयपुरमा भएका दुई दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । इटहरी–धरान सडकखण्ड अन्तरगत इटहरी–२० पानीपियामा शनिबार स्कुटर र बस ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । उदयपुरमा स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किंदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरूको मृत्यु भएको जनाइएको छ ।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
यता उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारी चोकमा देउरीबाट मुर्कुचीतर्फ गइरहेको स ५ प ७० नम्बरको स्कुटरबाट खसेर पछाडि सवार ५८ वर्षीया गंगियादेवी साह सुडीको मृत्यु भएको छ ।
स्कुटर सिराहाको सुखीपुर नगरपालिका–८ का ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको खुलेको छ ।
दुर्घटनामा घाइते भएर उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरबाट विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएकी गंगियादेवी जगरनाथकै श्रीमती रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा निधन भएको हो ।
View : 430
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved