Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

पाँच संगीतकर्मीहरू सम्मानित

उद्घोष सम्वाददाता
६ फागुन २०८०, आइतवार

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले पाँच संगीतकर्मी श्रष्टाहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा वरिष्ठ गायक रामा मण्डल, शास्त्रीय संगीतका  गुरु कुशेश्वर राई, संगीत साधक सुधीर शाही, संगीतकार सत्यनारायण राजभण्डारी र गायिका सुनिता कटवाल छन् ।

शनिबार विद्यालय परिसरमा गरिएको  कार्यक्रममा उनीहरु कदरपत्र, दोसल्ला र नगदसहित सम्मानित भएका हुन् ।

यसैगरी दिल्ली पब्लिक स्कुलबाट आयोजना गरिएको गायन तारा (सिङ्गीङ स्टार) प्रतियोगितामा कक्षा ७ का पल्लव बास्कोटा प्रथम, कक्षा १२ की आन्या सिंह दोस्रो, कक्षा ६ की देवस्मिता पाल तेस्रो, कक्षा ८ का अरमान रहमान चौथो र कक्षा ६ की अबनी सिंह पाँचौ भएका छन् । सो अवसरमा विजयी विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

गायन प्रतियोगिताले विद्यार्थीहरुमा लुकेको सांगीतिक प्रतिभा उजागर भएको विद्यालयका प्राचार्य बीबी लिम्बूले बताए । संगीतमा आफ्नो जीवन नै समर्पण गरी सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान एवम् नवप्रतिभालाई उजागर गरी पुरस्कृत गर्दा विद्यालय परिवार गौरान्वित भएको सो कार्यक्रमका संयोजक गायक प्रवलदीप बिश्वासले बताए ।

View : 128

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved