Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पारित

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८२, आइतवार

विराटनगर । मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

सो साधारणसभाले आव २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । 

सो लाभांस मध्ये १३.५३ प्रतिशत लाभांश सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको करसहित) छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंककोे चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ ११ पैसा पु¥याउने र त्यसका लागि प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

पूँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार सो विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु  समेत साधारण सभाले स्वीकृत गरेको छ ।

सभाबाट आव २०८२–८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका  प्रस्तावहरु पनि पारित गरेको छ । 

साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । 

सो सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

View : 188

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved