विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् ।
११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव छन् ।
नयाँ नेतृत्वका लागि आवश्यक ११ सदस्यहरूका लागि शुक्रबार निर्वाचन गरिएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अधिकारी, मेहता, ई. यादव, चौधरी, साहू र चम्लागाईं गरी छ सदस्यहरु विजयी भएका थिए । सोही बहुमत सदस्यहरुको आधारमा पदाधिकारी चयन भएका हुन् ।
विजयी हुने अन्य सदस्यहरुमा नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनबाट बुढाथोकी, निरौला र रेग्मी एवम् माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट तामाङ र यादव छन् ।
पदविभाजन पछि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्राडा देवेन्द्र अधिकारीले एक समारोहका बीच सोमबार प्रमाणपत्र वितरण गरेका छन् ।
सो अवसरमा क्याम्पस प्रमुख डा रामावतार शरण, संघका पूर्व एकाईं सभापति डा प्रमोद खेरवार, त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख गोविन्द गुरागाईं, त्रिवि प्राध्यापक संघ डिग्री क्याम्पसका सभापति राम पोखरेल, प्राडा नागेन्द्र साह लगायतले नयाँ नेतृत्वलाई प्राध्यापकको हकहितको पक्षमा कार्य गर्नेमा विश्वास व्यक्त गरेका थिए ।
नवनिर्वाचित सभापति अधिकारीले प्राध्यापक हकहित र शैक्षिक उन्नयनको लागि कार्य गर्न कुनै कसर बाँकी नराख्ने तर त्यसका लागि सबै प्राध्यापक वर्गको सहयोग चाहिने बताए ।
View : 526
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved