विराटनगर, भाद्र ३१ गते । दुबेली रेग्मी कुलपूजा सेवा समिति (दुरेकुसेस) विराटनगरको वार्षिक साधारण सभाले गोविन्दप्रसाद रेग्मीलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
१५ सदस्यीय नयाँ समितिको उपाध्यक्षद्वयमा प्रेमकुमारी र शेषराज रेग्मी, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिव रुपक रेग्मी, कोषाध्यक्ष जीवनाथ रेग्मी (नानीबाबु) छन् ।
समितिको सदस्यहरूमा महेश (मित्रलाल), पवन, शर्मीला, प्रेमकुमार, वासुकीराज, चुडामणि, जीवमाया, अञ्जु र कल्पना रेग्मी छन् ।
पं थीरप्रसाद रेग्मीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । सभामा अध्यक्ष, सचिव र कोषाध्यक्षका वार्षिक प्रतिवेदनहरू पारित गरिनुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू लिइएको छ ।
आगामी फागुन २ र ३ गते विराटनगरमा दुबेली रेग्मीहरुद्वारा देवाली (कुल पूजा) सम्पन्न गर्ने निर्णय सभाले गरेको छ । साथै, कुल देवता राखिएको भवन मर्मत सम्भार गर्ने र पूजा स्थलमा टिनको छानो सहितको टहरो (ट्रस) निर्माण गर्ने योजनामा पनि समितिले सहमति जनाएको छ ।
इन्जिनियर विजय रेग्मीलाई ट्रस निर्माणको अनुमानित लागतसहितको विवरण तयार गर्न जिम्मेवारी दिइएको छ । निर्माण तथा मर्मत कार्यका लागि संयोजक लक्ष्मीप्रसाद रेग्मीको नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।
सभामा संघीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र कुलका मूल धामी, पुजारी दीपराज रेग्मीले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए । सभामा ठूलो संख्यामा आजीवन सदस्यहरू, सल्लाहकारहरू तथा साधारण सदस्यहरूको उपस्थिति थियो ।
View : 263
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved