Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

हर्कको पार्टीमा आदिवासी–जनजातिको बाहुल्य

उद्‌घोष संवाददाता
१७ कार्तिक २०८२, सोमवार

विराटनगर । सामाजिक अभियन्ता हुँदा मात्रै नभई अहिलेसम्म पनि मौजुदा दलहरुलाई गाली गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्र्टीले आइतबारदेखि औपचारिकता पाएको छ ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार निर्वाचन आयोगले दलदर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएको छ । आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।

हर्कको पार्टीमा ५ सदस्यीय पदाधिकारी छन् । उनको पार्र्टीको चुनाव चिन्ह माटोको ढिस्को रहेको छ । 

आयोगमा रहेको नामावलीअनुसार २८ सदस्यीय केन्द्रीय समितिमा ४ जनामात्रै खस आर्य छन् । निर्वाचन आयोगमा साङपाङले गत असोज ६ गते दल दर्ताका लागि निवेदन दिएका थिए । 

निवेदनमा ५ सदस्यीय पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली पेश छ । ५ पदाधिकारीमा खस आर्य शून्य छन् । 

अध्यक्ष साम्पाङ आफैं, उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज), महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ छन् । 

तामाङ बुढानीलकण्ठ नगरपालिका–११ काठमाडौं, महासचिव राई केपिलासगढी गाउँपालिका–१ खोटाङ, कोषाध्यक्ष राई भद्रपुर–१ झापा र प्रवक्ता गुरुङ धरान–१६ सुनसरीको रहेको उल्लेख छ । 

२८ सदस्यीय केन्द्रीय समितिमा महिला ३५ प्रतिशत समेटिएका छन् । एक जना पदाधिकारीसहित १० जना महिला केन्द्रीय समितिमा समेटिएका हुन् । 

अध्यक्ष साम्पाङसहित ८५ प्रतिशत अर्थात् २४ जना केन्द्रीय सदस्य आदिवासी जनजाति समुदायका छन् । बाँकी १४ प्रतिशत अर्थात् ४ जनामात्र खस आर्य समुदायबाट समेटिएका छन् ।

View : 348

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved