Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

संस्थागत सहकारीको साधारणसभा

उद्‌घोष सम्वाददाता
११ पुष २०८१, बिहिवार

विराटनगर । विराटनगरस्थित संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।

सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधारणसभामा सो विषयमा जानकारी दिँदै संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०८०-०८१ संस्थाको शेयर पूँजी २६ लाख ९९ हजार रुपैयाँ पुगेको बताए । 

उनले सहकारीको बचत निक्षेप १ करोड ६७ लाख ५३ हजार ८ सय ४२ रुपैयाँ र कोष हिसाब ११ लाख ८८ हजार २१ रुपैयाँ पुगेको बताए ।

यस्तै सहकारीले धितो जमानी कर्जामा ८ लाख ८१ हजार १ सय ५५ रुपैयाँ, बचत तथा शेयर अनुपातको कर्जा २ करोड ४९ लाख ६८ हजार ८३ रुपैयाँ गरी आर्थिक वर्ष २०८०-०८१ मा २ करोड ५७ लाख ८८ हजार ३८ रुपैयाँ ऋण लगानी गरेको जानकारी उनले गराए ।

सो अवधिमा सहकारीले १ करोड १२ लाख २९ हजार रुपैयाँ ऋण असुली गरेको जनाइएको छ । निजी विद्यालयहरु आवद्ध रहेको सो सहकारीले प्रत्येक वर्ष एसबीएससी सिङगिङ स्टार र एसबीएससी चित्रकला प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

साधरणसभामा प्याब्सनको केन्द्रीय प्राज्ञिक समितिका सल्लाहकार डा. उद्धव पोखरेल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ, एसबीएससी मोरङका पूर्व अध्यक्षहरु इन्द्र राई, विष्णु डंगोल, मोहन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । 

मोरङका संस्थागत विद्यालयहरुलाई समेट्ने गरी २०६७ सालमा सो सहकारीको स्थापना भएको जनाइएको छ ।

View : 68

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved