विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडकमा बुधबार दिउँसो भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् ।
बी आर ३७ ए जेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–०१६ प ९२७० स्कुटर एक आपसमा ठोक्किंदा स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम खुल्न नसकेका मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएपनि चिकित्सकले दुवैको मृत्यु भएको घोषणा गरेका थिए ।
स्कुटरमा सवार राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी समेत गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
View : 428
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved