विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले तयार पारेको भित्तेपात्रो र वेवसाइट मंगलबार विराटनगर सार्वजनिक गरिएको छ । चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले वेवसाइटको शुभारम्भ गरेका हुन् ।
दोस्रो पूर्ण बैठकको अवसरमा चौतारी कोशी प्रदेश समितिको गतविधि र जानकारीहरू समेटिएको डब्ल्युडब्ल्युडब्ल्यु डट प्रेस चौतारी कोशी डट कम नामक डोमेन रहेको वेवसाइट सार्वजनिक गरिएको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, केन्द्रीय सचिव विक्रम लुईंटेल, नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराई, एमाले कोशी प्रदेश समिति प्रचार तथा प्रकाशन विभागका सचिव यज्ञ शर्मा, प्रेस चौतारी कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायतका नेताहरूले भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।
बैठकमा बोल्दै अध्यक्ष पाण्डेले कोशी प्रदेश समितिले १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताए । उनले २०८२ साललाई चौतारीले प्रशिक्षण वर्षका रुपमा घोषणा गरेका कारण कार्ययोजना बनाएर काम गर्न आग्रह गरे ।
उनले कोशी प्रदेश समितिले आफ्नै वेवसाइट बनाएर केन्द्रीय समितिको समेत ध्यानाकृष्ट गराएको बताए । बैठकमा प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरीले प्रेस चौतारीमा आबद्ध पत्रकारहरूको पेशागत क्षमता विकास गर्ने, पत्रकारहरूको हकहित र अधिकारको संरक्षण गर्ने, पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण निर्माण गर्ने, प्रदेशमा रहेका स्वरोजगारमुखी मिडियाहरूको प्रवर्द्धन र विकासमा सहयोग गर्ने, डिजिटल पत्रकारिता सम्बन्धी तालिम लगायतका कार्यक्रम समेटेर तयार पारेको एक वर्षको कार्ययोजना पारित गरेको महासचिव बाबुराम भण्डारीले जानकारी दिए ।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved