विराटनगर । विराटनगर–१६ मा रहेको बृहत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
मिल्स माविको सभाहलमा सम्पन्न भएको साधारणभामा सहकारी संस्थाका उत्कृष्ट बचतकर्ता र ऋणीसहित ११ जनालाई सम्मानित गरिएको हो ।
सहकारी संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीहरू अञ्जली साह, उषादेवी साह, मोहिनी राम, बिनितकुमार साह लगायतलाई समेत सम्मान गरेको जनाइएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१–८२ को बार्षिक आयव्यय प्रतिवेदन पारित गरेको छ ।
सहकारीका अध्यक्ष योगेन्द्रकुमार साहका अनुसार सहकारीको कुल शेयर पूँजी ५३ लाख ७० हजार एक सय रुपैयाँ, निक्षेप एक करोड ४९ लाख ६६ हजार एक सय रुपैयाँ र लगानी एक करोड ४९ लाख ८८ हजार ६ सय ९२ रुपैयाँ रहेको अध्यक्ष साहले बताए ।
कार्यक्रममा विराटनगर–१६ का वडाध्यक्ष उद्धव भुजेल, नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता, कैलासकुमार साह, राजेश खण्डेवाल र नेपाल बैंक लिमिटेडकी प्रबन्धक विनिता शर्मा लगायतको उपस्थिति थियो ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved