विराटनगर । जापान प्रकरणका कारण सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएपछि कोशी सरकारको प्रवक्ता फेरिएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईलाई सरकारको प्रवक्ता तोकेका छन् ।
कोशी सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका मन्त्री राईले अहिले भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
बुधबारको मन्त्रीपरिषद बैठकपछि उनले सरकारको प्रवक्ताको जिम्मा पनि पाएका हुन् ।
बुधबारको प्रदेश मन्त्रीपरिषद बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, कात्तिक २६ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धिको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औं राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैया“ बजेट स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ ।
View : 211
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved