Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

बिर्तामोडमा शाओमीको सर्भिस सेन्टर

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

बिर्तामोड । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले बिर्तामोडको हनुमान कम्प्लेक्समा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । 

सोमबारदेखि सञ्चालनमा आएको सो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सशक्त सेवा र सहज सहयोग प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । 

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

सर्भिस सेन्टरमा शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइनेछन् जसले ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

सो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेशकर्प अन्तर्गत पर्ने कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनाको अवधिसम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ । 

यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५% सम्म छुट, साथै वारेन्टी बाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बिर्तामोडस्थित सो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । 

शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क सकिने कम्पनीले जनाएको छ ।

View : 144

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved