Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बर्दिबास सोनापुर गोल्डकपको सेमीफाइनलमा

उद्‌घोष संवाददाता
२६ चैत २०८०, सोमवार

दुहबी । सुनसरीको दुहबी–८ स्थित सोनापुरमा जारी तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बर्दिबास नगर क्लव महोत्तरी सेमीफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म बर्दिबास नगर क्लब बर्दिबास र पथरी एघार फुटबल क्लब मोरङबीचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोल गर्दै खेल बराबरी भएपछि ट्राइबेकरमा बर्दिबास नगर क्लबले पथरी एघार फुटबल क्लबलाइ ३–० गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रबेश गरेको हो । 

सो खेलको उत्कृष्ट खेलाडीमा बर्दिबास नगर क्लबका  आकाश श्रेष्ठ घोषित भए । उनले नगद ३१ सय र ट्रफी प्राप्त गरे ।

सोमबारको तेस्रो क्वाटरफाइनल खेल बीरगञ्ज युनाइटेड पर्सा र इटहरी फुटबल क्लब सुनसरीका बीच हुने आयोजक मेमोरी युवा क्लब सोनापुरका अध्यक्ष खड्गनारायण माझीले जनाए ।

View : 450

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved