विराटनगर : गत कात्तिक २६ गते उर्लाबारी नगरपालिका–७ मा भएको आगलागीको घटनामा परी घाइते भएकामध्ये सातजना अस्पतालबाट डिश्चार्ज भएका छन् । डिश्चार्ज हुनेमा दुईजना नेपाल प्रहरी पनि छन् ।
स्थानीय दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्क्रणका त्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाल प्रहरीका चार जनासहित २८ जना घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत मोरङको लेटाङ नगरपालिका–५ का प्रहरी जवान मनबहादुर घिसिङ, संखुवासभाको शिलिचोङ गाउँपालिका–१ का प्रहरी जवान रिद्धिकिरण राईसहित सात जना डिश्चार्ज भएका हुन् ।
त्यसैगरी आगलागी भएको ज्वेलर्स सञ्चालक एवं घरधनी उर्लाबारी–७ का दीपक कार्कीसहित सुजन सेन्दाङ, राजिव दियाली, लालबहादुर लिम्बू र करन संग्रौला डिश्चार्ज भएका छन् । अन्य घाइतेहरुको उपचार जारी रहेको जनाइएको छ ।
घाइतेहरु मध्ये २ं५ जनाको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारका लागि पठाइएकोमा पाँचजनाको उपचारकै क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ज्वेलर्स सञ्चालक दीपकका बुवासमेत रहेका छन् ।
View : 235
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved